८ जना जुवाडे पक्राउ
- Eraibar
- २०७८ फाल्गुन ९, सोमबार १३:०२
- 121 Shares

कञ्चनपुुर : कञ्चनपुुर प्रहरीले ८ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुुरका अनुसार आइतबार जिल्लाको भीमदत्त नगरपालिका-४ बसपार्कको एक होटलमा जुुवातास भइरहेको गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-४ बस्ने ३० वर्षीय महेशसिंह धामी, २३ वर्षीय खेमराज जोशी, २७ वर्षीय शिवासिह बस्नेत, २० वर्षीय भरत सिह, भीमदत्त नगरपालिका-८ बस्ने २६ वर्षीय चक्र चन्द, वडानम्बर १ बस्ने २८ वर्षीय केशव साउँद, २९ वर्षीय राजेश पन्तर होटल सञ्चालक ३२ वर्षीय वीरेन्द्र सिंह रहेका छन् ।
उनीहरूको साथबाट ७९ हजार पाँच सय रुपैयाँ र तासको गड्डीसमेत बरामद गरेर नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्