अछाममा थप तीन हजार ८६३ जना मतदाता थपिए

अछाम : अछाममा थप तीन हजार ८६३ जना मतदाता थपिएका छन्। स्थानीय तहका केन्द्रबाटै फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रमअन्तर्गत अछाममा थप तीन हजार ८६३ जना मतदाता थपिएका हुन्।
जिल्ला निर्वाचन कार्यालय अछामका सूचना अधिकारी गजेन्द्र प्रकाश थारूका अनुसार उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा १७-२६ मंसिरसम्म सञ्चालन भएकोमा एक हजार ४८६ मतदाता थपिएको हुन।
दोस्रो चरणको ८ पुससम्म एक हजार ७४३ जनाले नाम दर्ता गराएका छन्। हालसम्म अछाममा एक हजार ९२९ जना महिला र एक हजार ९३४ जनागरी तीन हजार ८६३ जनाले नाम दर्ता गराएको सूचना अधिकारी थारूले बताए।
जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालयबाट नामावली संकलन कार्य जारी रहेको चना अधिकारी थारूले भने- ईलाका कार्यालय विनायकबाट भने शुक्रबारबाट नामावली संकलन कार्य सुरू गरिएको सुचना अधिकारी थारूले जानकारी दिएका छन्।





प्रतिकृया दिनुहोस्