April 18, 2026, Saturday
२०८३ बैशाख ५

कांग्रेस नेतृ सावदद्वारा शुक्लाफाँटा निकुञ्ज पीडितलाई साईकल वितरण

कञ्चनपुर , मंसिर १५ (ई-रैवार्)
नेपाल प्रजातान्त्रिक महासंघकी सल्लाहकार एबम नेपाली कांगेस नेतृ ज्योत्सना सावदले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जपीडितलाई साईकल वितरण गरेकी छन ।

जिल्लाको शुक्लाफाँटा-१२ बस्नेतपुर सिविरमा बस्ने निकुञ्ज पीडितहरुलाई नेतृ सावदले साइकल बितरण गरेेकी हुन ।

नेतृ सावदद्वारा शुक्लाफाँटा नगरपालिका १२ का २० घर परिवारलाई प्रती घर १ वटाका दरले साइकल बितरण गरिएको नेपाली काँग्रेस शुक्लाफाँटा नगर कार्य समितिका सभापति दानसिंह ऐरले बताए ।
आर्थिक स्तर कमजोर रहेका उक्त शिविरका बासिन्दा दैनिक कामकाजका लागि टाढा जान पर्ने भएकाले आवतजावतमा सहजता बनाउन नेतृ सावदले साइकल बितरण गरेकी हुन ।

रुडुक नेपाल कि महासचिव समेत रहेकी नेतृ सावदले यस अघि पनि बिपन्न समुदायका महिला तथा बालबालिकाहरुका लागि विभिन्न राहत तथा सहयोग कार्यक्रम सञ्चालन गर्दै आएकी थिइन ।