डोटी र डडेलधुरामा वर्षाले घर भत्किदा दुई बालक सहित तिन जनाको मृत्यु

डोटी, कार्तिक २ (ई-रैवार)
डोटीको सायल गाउँपालिकामा वर्षाले घर भत्किदा दुई बालकको मृत्यु भएको छ । लगातारको वर्षाका कारण घर भत्किदा सायल गाउँपालिका–६ का बिरबहादुर कुन्जेडाका दुई छोराको मृत्यु भएको प्रहरीले जनाएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार घरमा च्यापिएर उनका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुन्जेडाको मृत्यु भएको हो ।
उनीहरुमध्ये एकजनाको शव निकालिएको छ भने अर्काको शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
त्येसैगरी डडेलधुरामा पहिरोले घर पुुरिदा एक जनाको मृत्यु भएको छ । लगातारको वर्षापछि आएको पहिरोले घर पुरिदा गन्यापधुरा गाउँपालिका–१ भातकाँडाका ३२ वर्षीय विष्णुु अवस्थीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दले पहिरोमा पुरिएर अवस्थीको सोमबार राति मृत्यु भएको पुष्टि गरे । उनकाअनुसार डडेलधुरामै पहिरोमा परेर अन्य थप दुई जना घाइते भएका छन् ।





प्रतिकृया दिनुहोस्