कञ्चनपुरको महाकाली अस्पतालमा सुत्केरीको मृत्यु

कञ्चनपुर, असोज २३ (ई-रैवार)
महाकाली अस्पतालमा सुत्केरीको मृत्यु भएको छ । कञ्चनपुरको महाकाली अस्पतालमा शनिबार बेदकोट नगरपालिका–९ की २४ वर्षीया भागरथी साउँद धामीको मृत्यु भएको हो ।
महाकाली अस्पतालका मेसु हरिकुमार श्रेष्ठले बच्चा जन्माइसकेपछि साल नझरेको र धेरै रगत बगेपछि भागरथी साउँद धामीको मृत्य भएको बताएका हुन । उनका अनुसार अक्सिजनको मात्रा कम भएपछि शनिबार बिहान १ बजे सुत्केरी धामीको मृत्यु भएको हो ।
मृतकका आफन्तले महाकाली अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाएका छन् । घटनाको छानविन गर्न धामीका आफन्तले आग्रह गरेका छन् ।
अहिले पीडित पक्ष र महाकाली अस्पताल प्रशासनबीच छलफल भइरहेको छ । महाकाली अस्पतालमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बच्चाको स्वास्थ्य अवस्था भने समान्य रहेको अस्पतालका मेसु हरिकुमार श्रेष्ठले बताएका छन ।





प्रतिकृया दिनुहोस्