लागुऔषसहित एक महिला पक्राउ
- Eraibar
- २०७८ आश्विन २१, बिहीबार १७:१५
- 7 Shares

धनगढी, असोज २१ (ई-रैवार)
लागुऔषसहित एक महिला पक्राउ परेकी छिन् । धनगढीमा बुधबार साँझ डडेल्धुराको अजयमेरु गाउँपालिका–४ घर भई हाल धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने ३४ वर्षीया आशा बिष्टलाई प्रहरी पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिष्टको कोठाबाटै लागुऔषध ब्राउन सुगरसहित उनलाई पक्राउ गरिएको हो । उनको साथबाट ९ ग्राम २७० मिलिग्राम ब्राउन सुगर, ४४ ग्राम ७७० मिलिग्राम चरेस र १२ हजार २ सय नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताएका छन् ।
पक्राउ परेका महिलामाथि लागुऔषध मुद्दा शिर्षकमा मुद्धा दर्तागरी थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जनाएका छन् ।
-
तेलको मूल्य बढ्ने सूचना पम्पलाई चुहाएर आयल निगमलाई करोडौं नोक्सानी
२०८३ बैशाख ११, शुक्रबार ००:२७ -
आज लोकतन्त्र दिवस : २० वर्षअघि ‘जनता जितेको’ दिन
२०८३ बैशाख ११, शुक्रबार ०७:३१ -
सुदूरपश्चिममा १८ हजार मेगावाट जलविद्युत सम्भावना, तर एक प्रतिशत पनि छैन उत्पादन
२०८३ बैशाख ११, शुक्रबार ००:५१ -
सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा लुको लहर चल्ने पूर्वानमान
२०८३ बैशाख ११, शुक्रबार ०७:४८ -
नयाँ वर्षमा विपद् : १० दिनमै १९ जनाको ज्यान गयो
२०८३ बैशाख ११, शुक्रबार ००:३६





प्रतिकृया दिनुहोस्