April 18, 2026, Saturday
२०८३ बैशाख ५

तालमा डुबेर सशस्त्र प्रहरी जवानको मृत्यु

पुनर्वास, भदौ ३१ (ई-रैवार)

तालमा डुबेर सशस्त्र प्रहरीका एक जवानको मृत्यु भएको छ । कंचनपुरको बेलौरी नगरपालिकामा पर्ने पर्यटकीय क्षेत्र बन्धातालमा डुबेर सशस्त्र प्रहरीका जवान जितबहादुर चौधरीको मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय बेलौरीले बुधबार दिउँसो साढे ३ बजेको समयमा साथीहरुसंगै बन्धातालमा पौडी खेल्ने क्रममा बेलौरी नगरपालिका(३ खिरिया घर भएका सशस्त्र प्रहरीका जवान चौधरीको डुबेर मृत्यु भएको जनाएको छ ।

बन्धातालमा पौडिने क्रममा युवक वेपत्ता भएको खबर पश्चात् खोजीका लागि बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काको कमाण्डमा खटिएको ७ जनाको प्रहरी टोली र टेडुवा प्रहरी पोष्टका असईको कमाण्डमा खटिएको चार जना प्रहरी टोलीले करिब दुई घण्टा पछी शव फेला पारेको थियो ।

मृतक चौधरीको शव पोष्टमार्टमका लागि अहिले श्रीपुर स्वास्थ्य चौकी बेलौरीको शव गृहमा राखिएको र घटनाका विषयमा थप अनुसन्धान जारी प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

४ वर्ष अघि सशस्त्र प्रहरीको जवान पदमा कार्यरत चौधरी हाल कंचनपुरको झलारी स्थित ३५ नम्बर गण शैलेश्वरीमा कार्यरत थिए । प्रहरी श्रोतकै अनुसार उनी केही दिन अघि मात्रै घर बिदामा आएको बुझिएको छ ।