April 18, 2026, Saturday
२०८३ बैशाख ५

दार्चुलामा इटालियन गाला र फुजी जातको स्याउ फल्न थाल्यो

दार्चुला,जेठ २४ (ई-रैवार)

 

दार्चुलामा इटालियन गाला र फुजी जातको स्याउ फल्न थालेको छ। दार्चुलाको व्यास गाउँपालिका–१ को बुदीमा इटालियन गाला र फुजी जातको स्याउ फल्न थालेको हो ।

स्याउ लगाएको दोस्रो वर्षमै फल दिन थालेको कालापानी कृषि तथा पशुपालन फर्मका अध्यक्ष चरनसिह बुढाथोकीले बताए। पहिलो वर्ष एक हजार ५ सय बोट स्याउ खेती परीक्षणका लागी लगाइएको हो। कालापानी कृषि तथा पशुपालन फर्मले गत वर्षबाट स्याउ खेती शुरु गरेको थियो।

फर्मले कृषि ज्ञान केन्द्र दार्चुलामार्फत २१ लाख रुपैयाँ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत १ हजार ७ सय बोट स्याउँ अनुदान  सरकारी लगानी पाइएको छ।

दार्चुला तिंकर सडक निर्माण सयमै हुन सकेमा बुदीमा फल्ने स्याउ सुदूरपश्चिमभरी पुर्याउन सहज हुने बुढाथोकीले बताए। व्यास गाउँपालिका १ छांगरुमा पनि हजारौं बोट स्याउ लगाइएको छ।

यहाँ उत्पादन हुने स्याउँ सशस्त्र प्रहरी बल र भारतीय सुरक्षाकर्मीलाई बिक्री हँुदै आएको छांगरुका स्याउँ उत्पादक जीतसिह बोहराले बताए। नेपालतिर बजार पुर्याउन सडक निर्माण गरिएको छैन।