कैलाली र कंचनपुरमा आज २७६ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

धनगढी, जेठ ११ (ई-रैवार)
कैलाली र कंचनपुरमा आज थप २७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६५४ जनाको स्वाब परीक्षण गर्दा १३३ जना र महाकाली अस्पतालमा पिसीआर बिधीबाट परिक्षण गरिएका ११२ र एन्टीजेनबाट ३१ जनागरी २७६ जनामा संक्रमण कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार सेती प्रादेशिक अस्पतालमा ६५ जनाको उपचार भईरहेको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट १६ जना कोरोनामुक्त भएका छन् भने थप ४ जना अस्पतालमा भर्ना भएका छन् ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठले पछिल्लो २४ घण्टामा ४ जनाको उपचारकै क्रममा मृत्यु भएको बताएका छन् ।
त्येस्तै जिल्ला स्वास्थ्य कार्यालय कंचनपुरका कम्प्युटर अपरेटर महेन्द्रा भट्टका अनुसार आज १०२ जना कोरोना संक्रमितले कोरोना जितेर संक्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा जिल्लामा १ जनाले ज्यान गुमाएका छन् । महाकाली अस्पतालमा उपचाररत भीमदत्तनगरपालिका –११ का ५९ बर्षिया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको भट्टले जानकारी दिईन् ।





प्रतिकृया दिनुहोस्