April 18, 2026, Saturday
२०८३ बैशाख ५

ट्रयाक्टरले मोटरसाईकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

कञ्चनपुर, वैशाख ३० (ई-रैवार) 

कञ्चनपुरमा ट्रयाक्टरले मोटरसाईकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मौरीफाँटामा ट्रयाक्टरले मोटरसाईकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार कृष्णपुर नगरपालिका–६ मौरीफाँटामा से १ त ४४४१ नम्बरको ट्रयाक्टरले से ३ प ३००५ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो ।

प्रहरीले ठक्करबाट मोटरसाईकलमा सवार कृष्णपुर नगरपालिका–६ मौरीफाँटाका २८ वर्षीया प्रकाश रोकाया र ३० वर्षीय सुरेश जप्रेलको मृत्यु भएको जनाएको छ।

दुर्घटनामा गम्भीर घाईते भएका उनीहरुलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पठाइएको थियो। उपचारका क्रममा दुवैको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

फाइल फोटो :