महाकाली अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु
- Eraibar
- २०७८ बैशाख १४, मंगलवार १४:३८
- 17 Shares

कञ्चनपुर, वैशाख १४ (ई-रैवार)
महाकाली अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–११ का ४० वर्षीय संक्रमितको सोमबार राति मृत्यु भएको हो ।
अस्पतालका कोभिड फोकल व्यक्ति डा. गोविन्द रोकायाले सोमबार भारतबाट फर्किएर आईसीयूमा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।
भारतमै कोरोना पोजेटिभ देखिएका उनी स्वास्थ्यमा समस्या देखिएपछि स्वदेश फर्किएका थिए । हिजो मात्रै कंचनपुरको महाकाली अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्