April 18, 2026, Saturday
२०८३ बैशाख ५

कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत जान रोक

कञ्चनपुर, वैशाख १४ (ई-रैवार) 

कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत जान रोक लगाइएको छ। भारतमा कोरोना सङ्क्रमण बढ्दै गएका बेला कञ्चनपुरका स्थानीय प्रशासनले सोमबारदेखि नेपाली नागरिकलाई भारत जान रोक लगाएको हो।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले आइतबार बेलुकीदेखि नै भारत जाने क्रम न्यून रहेको बताए। उनले भारतबाट भने नेपालीहरुलाई गड्डाचौकी नाकाबाट स्वदेश फिर्ता हुन दिइएको बताए।

“अहिले यो नाकाबाट दैनिक पाँचदेखि सात सयजना स्वदेश फर्किरहेका छन”, प्रहरी नायब उपरीक्षक गुरुङले भने, “आउनेहरुको नाकामा स्वास्थ्य परीक्षण पनि भइरहेको छ।” स्थानीय प्रशासनले आंशिक बन्दाबन्दी (लकडाउन) गर्ने विषयमा गृहकार्य गरिरहेको छ।

त्यस्तै, यहाँका स्थानीय तहहरुले पनि कोरोना सङ्क्रमण बढ्न थालेपछि कार्यपालिकाको कामकाज बन्द गरिरहेका छन्। रासस