April 18, 2026, Saturday
२०८३ बैशाख ५

महाकाली अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

कञ्चनपुर, वैशाख १३ (ई-रैवार) 

कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–४ का ६० वर्षीया पुरुषको सोमबार मृत्यु भएको हो

कञ्चनपुर महाकाली स्वास्थ्य कार्यालयकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले आईसीयूमा उपचाररत संक्रमित पुरुषको मृत्यु भएको जानकारी दिइन् । वैशाख ११ गते एन्टिजेन पोजेटिभ देखिएका उनको श्वासप्रश्वासमा समस्या देखिएपछि आईसीयूमा राखेर उपचार भइरहेको थियो ।

त्येस्तै गएराति १ बजेको समयमा महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–१५ का ७० वर्षीय पुरूषको पनि उपचारको क्रममा मृत्यु भएको थियो । अहिले माहाकाली अस्पतालमा ४८ जना कोरोना संक्रमित उपचाररत छन्।