April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका परीक्षाहरु स्थगित

धनगढी, वैशाख १२ (ई-रैवार)

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका परीक्षाहरु स्थगित गरिएका छन्। विश्वविद्यालयले आइतबार एक सूचना जारी गर्दै हाल सञ्चालन भइरहेका र यही वैशाख १६ गतेबाट सञ्चालन गरिने भनिएका स्नातक तहका परीक्षाहरु स्थगित गरिएको बताएको हो।

विश्वविद्यालयका केही विद्यार्थीहरुलाई कोरोना भाइरसको संक्रमण देखिएकाले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको सूचनामा उल्लेख छ।

कोरोना सङ्क्रमणको जोखिमकाबीच पनि विश्वविद्यालयले जबर्जस्ती परीक्षा सञ्चालन गर्न लागेको भन्दै शनिबार विद्यार्थी सङ्गठनहरुले केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रकको कार्यालयलगायतमा तालाबन्दी समेत गरेका थिए।

विद्यार्थी संगठनहरुले कोरोना भाइरसको महामारीमा विश्वविद्यालयले जबर्जस्ती परीक्षा सञ्चालन गर्न लागेको भन्दै केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रकको कार्यालयमा ताला लगाएका हुन् ।

अनेरास्ववियू अध्यक्ष रोहित गजुरेल, नेविसंघका विक्रम बुढा, अखिल (क्रान्तिकारी)का गणेशराज मिश्रा, अखिल (क्रान्तिकारी) का अध्यक्ष नागेन्द्र जोशी, अखिल छैटौंका दीपेन्द्र कार्की र वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनका अध्यक्ष शङ्कर बोहराले शनिबार विज्ञप्ति प्रकाशित गर्दै विश्वविद्यालयका पदाधिकारीसंग पटक–पटक छलफल गरिए पनि निष्कर्ष निकाल्न नसकेपछि तालाबन्दी गरेको बताएका थिए।