June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०

बैतडीको सिगास गाउँपालिकाका सात वडा कार्यालयमा तालाबन्दी

बैतडी, वैशाख ३ (ई-रैवार)

सिगास गाउँपालिकाका सात ओटा वडामा तालाबन्दी गरिएको छ। बैतडीको सिगास गाउँपालिकामा रहेका निजि स्रोतका शिक्षकहरुले आन्दोलनका कार्यक्रम अन्तर्गत सात वडा कार्यालयमा तालाबन्दी गरेका हुन ।

निजि स्रोतका शिक्षकहरुले श्रावण महिनादेखी तलब नपाएको भन्दै २ र ५ नम्बर वडाबाहेकका वडा कार्यालयमा तालाबन्दी गरिएको स्वयंसेवक शिक्षक संघर्ष समिति बैतडीले जनाएको छ।

गाउँपालिकाले गाउँपालिका स्वयंसेवक शिक्षक कार्यविधि २०७५ लाई संशोधन गर्दै अनुदान कटौती गरेर विद्यालय व्यवस्थापन समितिको जिम्मा दिएको थियो । व्यवस्थापन समितीले पनि तलब दिन नसक्ने बताएपछि तालाबन्दी गर्नुपरेको संघर्ष समितीले जनाएको छ। गाउँपालिकामा एक सय ८७ जना स्वयंसेवक शिक्षक कार्यरत छन्।

निजि श्रोतका शिक्षकहरुले बिहीवार गाउँपालिका भरीका ५९ वटै सामूदायिक बिद्यालयहरु बन्द गरेर आन्दोलनमा उत्रिएको संर्घष समिति अध्यक्ष लक्ष्मी शाह चन्दले बताएका छन् ।