April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिममा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, चैत २८ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा आज थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

सूचना अधिकारी श्रेष्ठले पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ६९ नमूना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । श्रेष्ठका अनुसार धनगढी उप–महानगरपालिका–३ की ६० वर्षीया महिला, धनगढी–२ का १९ वर्षीय पुरुष र धनगढी–५ का ४१ वर्षीय पुरुषमा संक्रमण पुस्टि भएको हो।

यस्तै कैलालीकै २४ वर्षीय पुरुष र कञ्चनपुरको भीमदत्त नगरपालिका–५ की ७२ वर्षीया महिलामा पनि संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताएका छन ।

हिजो कञ्चनपुरको गड्डाचौकी हेल्थ डेस्कमा २ सय १८ जनाको एन्टिजेन परीक्षणमा १० जना र कञ्चनपुरकै चित्रनगर हेल्थ डेस्कमा ३ सय ७२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४१ जनामा पोजेटिभ देखिएको थियो ।