April 18, 2026, Saturday
२०८३ बैशाख ५

दार्चुलामा चरेशसहित एकजना पक्राउ

दार्चुला फागुन १४(ई-रैवार)
दार्चुलामा लागुऔषध चरेशसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । नौगाड गाउँपालिका–१ का २५ वर्षीय मदनसिह ठेकरेलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाले पक्राउ गरेको जनाएको छ।
सदरमुकाम खलंगास्थित बंगाबगडको एक होटलबाट ठेकरेलाई ५६ ग्राम चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भास्कर चन्दले बताए। ठेकरेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए।