April 18, 2026, Saturday
२०८३ बैशाख ५

शैलेश्वरी यातायातको नेतृत्वमा तेस्रो पटक मलासी

डोटी पुस २६(ई–रैवार)
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालीको अध्यक्षमा गणेशबहादुर मलासी पुनर्निाचित भएका छन् । साविकको शैलेश्वरी यातायात व्यवसायी संघबाट रुपान्तरीत भएको सो प्रालीको छैठौँ अधिवेशनले उनलाई तेस्रोपटक नेतृत्वको जिम्मेवारी दिएको हो ।
अधिवेशले अध्यक्ष सहित थप १० जना सदस्य निर्विरोध निर्वाचित गरेको छ । जसको सदस्यमा हरिषचन्द्र शाह, मान बहादुर धामी, शंकरबहादुर बोहरा, भक्तराज भट्टराई, शेरबहादुर थापा, भक्तराज भट्ट, श्यामबहादुर ठगुन्ना, केपी माझी, खेमबहादुर पातली र कृष्णबहादुर भण्डारीलाई सदस्यमा निर्वाचित गरेको हो ।
यो प्राली २०६४ सालमा डोटीमा स्थापित भएर डोटीका ग्रामिण सडक र राष्ट्रिय सडक सञ्जालमा सेवा दिईरहेको छ । हाल यससंगै एक सय १४ भन्दा बढी सार्वजनिक सवारी साधनहरु सञ्चालनमा रहेको सो प्रालीका नवनिर्वाचित सदस्य शाहले जानकारी दिए ।