बैतडीमा बस दुर्घटना : ९ जनाको मृत्यु, ३४ घाइते, ४ जनाको सनाखत

बैतडी, कार्तिक २८ (ई-रैवार)
दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । बस दुर्घटनामा मृत्यु भएका ९ जनामध्ये ४ जनाको सनाखत भएको छ।
दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो ।
बैतडीको दोगडाकेदार-६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, सित्तडकै २७ वर्षीय करनसिंह ऐर, कपिन्द्रप्रसाद जोशी र कञ्चनपुर भीमदत्त नगरपालिका-८ की १५ वर्षीया कृतिका कार्कीको सनाखत भएको बैतडी प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए।
बैतडीमा भएको बस दुर्घटनामा घाइते ८ जनालाई थप उपचारको लागि धनगढी रेफर गरिएको छ । डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रेफर गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए ।
दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको पाटन नगरपालिका ८ खोड्पे बजार नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा ९ जनाको मृत्यु भएको प्रहरी प्रमुख अधिकारीले बताए ।
दशरथचन्द राजमार्गमा भएको दुर्घटनामा चालकसहित अन्य ३४ जना घाइते भएका छन् । बस सडकबाट करिव ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।





प्रतिकृया दिनुहोस्