बाजुरामा जीप दुर्घटना हुँदा १ बालकको मृत्यु, २ जना घाइते
- Eraibar
- २०७७ कार्तिक १६, आईतवार १०:०५
- 9 Shares

बाजुरा, कार्तिक १६ (ई-रैवार)
जीप दुर्घटना हुँदा १ बालकको मृत्यु भएको छ । दुर्घटनामा परी २ जना घाइते भएका छन् ।
बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ४ को बेलकाट्यामा फालासैनीबाट आइरहेको से १ ज ११८० नम्बर जीप दुर्घटना हुँदा सोही ठाउँका ४ वर्षीय बालक प्रिन्स मिजारको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दुर्घटनामा २ जना घाइते भएका छन् । घाइते हुनेमा बुढीगंगा नगरपालिका वडा नम्बर ४ कै २५ वर्षीय कमलबहादुर नेपाली र २४ वर्षीय निरन्जन नेपाली रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । जीप र चालक प्रहरी चौकी बार्जुगाड बाजुराले नियन्त्रणमा लिएको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्