डेढ लाख मूल्य बराबरका अवैध पटाका बरामद
- Eraibar
- २०७७ कार्तिक १३, बिहीबार १२:१९
- 8 Shares

महेन्द्रनगर, कार्तिक १३ (ई-रैवार)
कञ्चनपुर प्रहरीले डेढ लाख मूल्य बराबरका अवैध पटाका बरामद गरेको छ । गल्ली नम्बर ५ स्थित चौलानी पुस्तक पसल सञ्चालक दार्चुलाको शैल्यशिखर नगरपालिका–१ का दिनेश खडायतको डेढ लाख मूल्य पर्ने ६ बोरा पटाका जिल्ला प्रहरी कार्यालयले बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले तिहारलाई लक्षित गर्दै महेन्द्रनगरबाट दार्चुला पठाउँदै गरेको अवस्थामा झण्डै डेढ लाख मूल्य पर्ने ६ बोरा पटाका बरामद गरिएको जानकारी दिएका छन् ।
सु.प.प्र ०२–००१ ख ९४३ नम्बरको बसमा लोड गर्दै गरेको अवस्थामा पटाका बरामद गरिएको र खडायत अहिले फरार रहेको हुदाँ खोजी गर्न प्रहरीको टोली खटाईएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्