सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अगाडि बढ्छ : मन्त्री भट्ट
- Eraibar
- २०७७ कार्तिक १२, बुधबार ०७:५७
- 17 Shares

कञ्चनपुर, कार्तिक १२ (ई-रैवार)
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कञ्चनपुरको महाकाली नगरपालिका १ मा सुख्खा बन्दरगाह निर्माणका लागि चाँडै प्रक्रिया थालनी गरिने बताएका छन् ।
मङ्गलबार बन्दगाह निर्माणस्थलको स्थलगत अनुगमन गर्दै उनले सरकारले प्राथमिकताका साथ बन्दगाह निर्माणको कामलाई अगाडि बढाउने बताए । वाणिज्य सचिवको नेतृत्वको टोलीले बस्तुस्थिति बुझेर प्रक्रिया शुरु गर्ने उनले बताए ।
मन्त्री भट्टसँगै अनुगमनमा सांसद डा. दिपकप्रकाश भट्ट, सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर सुनार र मन्त्रालयको प्राविधिक टोलीको सहभागिता थियो ।
सुख्खा बन्दगाहका लागि भारतले गढीगोठ क्षेत्रमा सर्भेको काम शुरु गरेको बताइएको छ । मन्त्रालयको प्राविधिक टोलीले कात्तिक १६ गतेदेखि काम शुरु गर्ने जनाइएको छ ।
रासस
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्