April 18, 2026, Saturday
२०८३ बैशाख ५

डोटी अस्पतालको प्रयोगशालामा थप १० जनामा कोरोना संक्रमण पुष्टि

डोटी, कार्तिक ५ (ई-रैवार)

डोटी अस्पतालको प्रयोगशालामा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा  ९९ जनाको पीसीआर परीक्षण गर्दा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले दिएको जानकारी अनुसार दिपायल सिलगढी नगपालिकाका ९ जना पुरुष र केआईसिह गाउपालिकाका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।