April 18, 2026, Saturday
२०८३ बैशाख ५

उच्च अदालत दिपायलका कर्मचारीमा कोरोना पुष्टि, सेवाहरु बन्द

 दिपायल, असोज २६ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशको उच्च अदालत दिपायलका कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा उच्च अदालतका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उच्च अदालत दिपायलका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार अदालतमा कार्यरत सबैको थ्रोट स्वाव संकलन गरेर परीक्षणका लागि जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पठाइएको निमित्त रजिष्ट्रार सीता रेग्मीले बताइन ।

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि मंगलबारदेखि केही दिनका लागि उच्च अदालतको आन्तरिक प्रशासनिक काम बाहेकका अन्य सेवाहरु बन्द गर्ने निर्णय भएको निमित्त रजिष्ट्रार रेग्मीले जानकारी दिएका छन ।