सशस्त्र प्रहरीद्वारा ३ लाख बराबरका मोबाईलका पार्टस बरामद

महेन्द्रनगर, असोज २६ (ई-रैवार)
कञ्चनपुरमा सशस्त्र प्रहरीले अवैध रुपमा भन्सार छलि ल्याएको सामानहरु बरामद गरेको छ । सशस्त्र प्रहरीले झण्डै तीन लाख मुल्य बराबरका मोबाईलका स्क्रिनगार्डहरु बरामद गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी दोधाराबाट आईतबार सशस्त्र प्रहरी हल्दार भान सिँह भाटको कमाण्डामा खटिएको सीमा गस्ती टोलीले पुर्नवास नगरपालिका–१० विकास बस्ती क्षेत्रबाट भारतबाट अवैध रुपमा भन्सार छलि ल्याएका सामानहरु बरामद गरेको हो ।
कञ्चनपुर ससस्त्र प्रहरि उपरिक्षक गणपति बिरेन्द्र बहादुर ऐरले दुई हजार ९ सय ३० पसि बेवारिसे मोबाईलका स्क्रिनगार्ड बरामद गरिएको जानकारी दिएका छन् ।
दुई लाख ९० हजार मुल्य बराबरका मोबाईलका स्क्रिन गार्ड बरामद गरेको सामान आवस्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीलाई बुझाइएको प्रहरि उपरिक्षक गणपति बहादुर ऐरले बताए ।





प्रतिकृया दिनुहोस्