अज्ञात समुहद्वारा बेदकोटका वडाध्यक्ष माथि धारिलो हतियार प्रहार

कञ्चनपुर, असोज १४ (ई-रैवार)
कञ्चनपुरको बेदकोट नगरपालिका ९ का वडाध्यक्ष माथि धारिलो हतियार प्रहार भएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका ९ का वडाध्यक्ष राम सिंह धामी माथि मंगलबार राति धारिलो हतियार प्रहार भएको हो।
साँझ नगरपालिकाको बैठक सकेर कार्यालयबाट मोटरसाईकलमा घर फर्किने क्रममा वडाध्यक्ष धामीमाथि सुन्दरपुर क्षेत्रमा हतियारधारी अज्ञात समुहद्वारा आक्रमण भएको जनाइएको छ । क्षेत्रीय कृषि कार्यालय देखि पुर्व कल्भट सडकमा हमला भएको हो । वडाध्यक्ष धामीको पेट र छातीमा गहिरो चोट छ ।
कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाका अनुसार पेट दुख्न थालेपछि मात्रै पेटमा घाउ भएको देखेर घर परिवारले उनलाई महाकाली अस्पताल ल्याईएको थियो । उनको पेटको घाउमा पाँच टाँका लगाइएको छ ।
‘म मोटरसाईकल चढेर घर जाँदै थिए, ‘वडाध्यक्ष धामीले भने, ‘सडकमा ८–१० युवक थिए, टाटैबाट हर्न दिएर पनि बाटो छाडेनन्, मास्कले चिन्न सकिन, म ढले, त्यसपछि मलाई होस नै भएन, ‘सडकमा केटा थिए, तर मलाई महिलाले घर पु¥याएपछि होस आयो ।’
सरकारले सुन्दरपुर क्षेत्रको जमिनको विवाद ढुङ्गो लगाउने निर्णयसंगै आफुमाथि केही भूमाफिया समुहले युवक लगाएर हमला गर्न लगाएको वडाध्यक्षको आरोप छ । ‘अरु कोही होईन, मेरो वडाको विकास निर्माणको विषयमा कुनैपनि मानिस संग विवाद नै छैन, ‘अध्यक्ष धामीले भने, ‘मलाई यही भू माफिया समुहले सिध्याउन आक्र्रमण गरे ।’
घरपरिवार, बेदकोटका जनप्रतिनिधीले धामीमाथि हमला गर्ने समुहको पहिचान गरि कार्बाहीको दायरमा ल्याउनुपर्ने माग गरेका छन् । कञ्चनपुरका प्रहरी प्रवक्ता थापाले घटना बारे अनुसन्धान भईरहेको बताएका छन ।





प्रतिकृया दिनुहोस्