April 18, 2026, Saturday
२०८३ बैशाख ५

अछामको बान्निगढी जयगढ गाउँपालिका एक हप्ताका लागि सिल

अछाम, असोज १३ (ई-रैवार)

अछामको बान्निगढी जयगढ गाउँपालिका एक हप्ताका लागी सिल  गरिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछी अछामको बान्निगढी जयगढ गाउँपालिकालाई एक हप्ता सिल गर्ने निणर्य गरेको हो ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शैलेशराज ढुङगानाले गाउँपालिकामा कोराना संक्रमण बढेपछि सोमबार बसेको कार्यपालिकाको बैठकले एक हप्ताको लागि सिल गर्ने निर्णय गरेको बताए ।

गाउँपालिकाको वडा नम्बर ३ का ३४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको र आइसोलेसनमा बसेकाहरुमा समेत कडा खालको लक्षण देखिएकाले असोज १९ गते सम्मका लागि गाउँपालिका सील गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत ढुङगानाले बताए ।