April 18, 2026, Saturday
२०८३ बैशाख ५

भरुवा बन्दुक सहित कञ्चनपुरमा दुई जना पक्राउ

कञ्चनपुर, असोज १३ (ई-रैवार)

भरुवा बन्दुक सहित प्रहरीले  दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार कृष्णपुर नगरपालिका वडा नम्बर- १ दोमिल्ला बस्ने २४ वर्षीय लाल बहादुर बिष्ट र सोही ठाउँ बस्ने २५ वर्षीय कमल थापालाई कञ्चनपुर प्रहरीले सोमबार  पक्राउ गरेको हो

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले घरमा भरुवा बन्दुक देखाई डरत्रास एवं आतङ्क सिर्जना गरेको भन्ने बिशेष सुचनाका आधारमा बिष्टलाई पक्राउ गरेको बताए ।

प्रवक्ता प्रहरी नायव उपरीक्षक थापाले सोही स्थान बस्ने २५ वर्षीय कमल थापाको गोठभित्र भरुवा बन्दुक लुकाइराखेको छ भनी बिष्टले बताए पछी उक्त स्थानमा गई चेकजाँच गर्दा भरुवा बन्दुक थान-१ लोड गरेको अवस्थामा बरामद गरिएको बताए ।

बिष्ट र थापा समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता प्रहरी नायव उपरीक्षक थापाले जनाएको छ ।