April 18, 2026, Saturday
२०८३ बैशाख ५

डोटी अस्पतालको प्रयोगशालामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

डोटी, असोज ९ (ई–रैवार) 

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा थप  २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ४८ जनाको कोरोना परीक्षण भएकोमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका मोलेकुलर ल्याव इन्चार्ज शौरभ श्रेष्ठले जनाएका छन् ।

अस्पतालका प्रयोगशाला इन्चार्ज श्रेष्ठका अनुसार कोरोना संक्रमण पुष्टी हुने  डोटीका २ जना र अछामका  २४ जनामा रहेका छन् ।

प्रयोगशाला इन्चार्ज श्रेष्ठले दिएको जानकारी अनुसार डोटीका आदर्श गाउँपालीका २ जना, अछाम बान्नीगढीका २० र चौरपाटीका ४ जनामा गरि २६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।