April 17, 2026, Friday
२०८३ बैशाख ४

सक्रिय संक्रमित २५ हजार पुगे फेरि लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं, असोज ७ (ई–रैवार)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार पुगे फेरि लकडाउन गर्न सिफारिस गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार भन्दा बढी संक्रमित भएमा लकडाउन गर्न सिफारिस गरेको हो ।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको छ । २५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो छ’ मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले भने ।

अहिले १७ हजार ४ सय १४ जना सक्रिय कोरोना संक्रमित छन् । अब ८ हजार सक्रिय कोरोना संक्रमित पुगेमा पुनः लकडाउन गर्न सिफारिस गरेको हो । साथै स्वास्थ्य मापदण्ड पालना हुन नसक्ने खालका सबै सेवा र व्यवसाय कम्तिमा १ महिना नखोल्न सिफारिस गर्ने निर्णय भएको उनले बताए ।

विभिन्न अस्पताल र प्रयोगशालाहरुले तोकिएभन्दा बढी शूल्क लिने गरेकामा स्वीकृति दिने निकायले कडाईका साथ अनुगमन गरी कारवाही गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।