आईपीएल आजबाट, पहिलो खेलमा मुम्बई र चेन्नई भिड्दै

एजेन्सी, असोज ३ (ई–रैवार)
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज (शनिबार) बाट सुरु हुँदैछ । १३ औं संस्करण आईपीएल आजबाट यूएईमा सुरु हुन लागेको हो ।
यूएईको अबुधाबीमा हुने सिजनको पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।
दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । आजको खेलमा दुबै टोली जित निकाल्दै सिजनको सुखद सुरुआत गर्ने योजनामा हुनेछ ।
शेख जायद स्टेडियममा प्रतियोगिताको पहिलो खेल खेल्दा मुम्बई सिजनको सुखद सुरुआत गर्ने योजनामा हुनेछ । रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बईले यो सिजन पनि लिगको उपाधि जित्ने योजना बनाएको छ ।
यता महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई आजको खेलमा जित निकाल्दै गत सिजन फाइलनमा हार व्यहोर्यको बदला लिने योजनामा छ ।
मुम्बई र चेन्नइबीचको पछिल्लो पाँच खेलको नतिजा हेर्दा मुम्बई अपराजित रहेको छ । गत सिजनको फाइनल खेलमा पनि मुम्बईले चेनईविरुद्ध १ रनको रोमाञ्चक जित दर्ता गरेको थियो ।
प्रतिकृया दिनुहोस्