April 18, 2026, Saturday
२०८३ बैशाख ५

डोटी अस्पतालको प्रयोगशालामा थप १५ जनामा कोरोना पुष्टि

डोटी, आश्विन २ (ई-रैवार)

डोटी जिल्ला अस्पतालको प्रयोगशालामा  थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा परिक्षण भएका २ सय १२ नमुनाहरुमध्ये १५ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका प्रयोगशाला इन्चार्ज श्रेष्ठले पछिल्लो २४ घण्टामा अछामका १५ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए । उनले जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाका ७ जना पुरुष र ८ जना महिला गरी जम्मा १५ जनामा संक्रमण देखिएको बताए । अन्य १ सय ९७ जनाको परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।