एसी मिलानको सहज जित
- Eraibar
- २०७७ आश्विन २, शुक्रबार ०८:५८
- 9 Shares

एजेन्सी, आश्विन २ (ई-रैवार)
इटालियन सिरी ए क्लब एसी मिलान युरोपा लिग फुटबलमा विजयी भएको छ । बिहीबार राति भएको खेलमा शामरक रोभर्समाथी २–० को सहज जित निकालेको हो ।
रोभर्सको घरेलु मैदानमा भएको खेलमा मिलानको जितका लागि ज्लाटन इब्राहिमोभिच र हाकन चल्हानोग्लुले एक एक गोल गरे ।
इब्राहिमोभिचले खेलको २३ औं मिनेटमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । इब्राहिमोभिचको गोलबाट पहिलो हाफमा १–० गोलको अग्रता लिएको मिलानले दोस्रो हाफमा थप एक गोल गरेको थियो ।
खेलको ६७ औं मिनेटमा चल्हानोग्लुले गोल गर्दै मिलानको अग्रता दोब्बर पारे । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा मिलानले २–० गोलले सहज जित निकालेको हो । जितसँगै मिलान युरोपा लिगको तेस्रो चरणमा प्रवेश गरेको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्