March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

अष्ट्रेलियाले जीत्यो इंग्ल्याण्डविरूद्धको ओडीआई सिरिज

एजेन्सी, आश्विन १  (ई-रैवार)

इंग्ल्याण्डविरूद्धको तीन खेलको ओडीआई सिरिज अष्ट्रेलियाले जीतेको छ ।

विकेटकिपर एलेक्स केरी र ग्लेन म्याक्सवेलको उत्कृष्ट शतकमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई तेस्रो तथा निर्णायक ओडीआई खेलमा तीन विकेटले पराजित गर्दै सिरिज २-१ ले जीतेको छ ।

इंग्ल्याण्डले पूरै ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा दिएको ३०३ रनको विशाल विजयी लक्ष्य अष्ट्रेलियाले २ वल बाँकी रहँदै ७ विकेटको क्षतिमा पूरा गर्‍यो ।

अष्ट्रेलियाका लागि एलेक्स केरी ७ चौका र २ छक्काको मद्दतमा ११४ रनको योगदान दिदा ग्लेन मेक्सवेलले सर्वाधिक १०८ रन बनाए । उनले ९० बलमा ७ छक्का र ४ चौका प्रहार गरेका थिए ।

यसअघि टस जीतेर पहिले ब्याटिङ गरेको इंग्लाण्डले इंग्ल्यान्डका ओपनर जोनी बेयरस्टोको सतक मद्दतमा ३०२ रन बनाएको थियो ।

बेयरस्टोकले १ सय २६ बलमा १२ चौका र २ छक्का सहित १ सय १२ रनको योगदान दिए पनि टिमलाई जीताउन सकेनन् ।