सुदूरपश्चिम प्रदेशमा ५ हजार ६ सय ७३ जना संक्रमित कोरोना मुक्त

धनगढी, भदौ ३० (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा थप ८ जना कोरोना मुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस ब्रिफिङमा सोमवार ८ जनाले कोरोना जितेको जानकारी दिएका हुन ।
महाशाखा प्रमुख कार्कीका अनुसार डोटीबाट ४ जना, कञ्चनपुरबाट ३ जना र बैतडीबाट एक जनालाई सोमवार डिस्चार्ज गरिएको हो। यो संगै सुदूरपश्चिम प्रदेशमा ५ हजार ६ सय ७३ जना संक्रमित कोरोना मुक्त भएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका १ हजार ६ सय ६९ जना निको भएर घर फर्किएका छन्।
डोटीका ९ सय १४, अछामका ९ सय १२, कञ्चनपुरका ६ सय ८३ जना, बाजुराका चार सय ४२ जना, बझाङका तीन सय ६६, बैतडीका तीन सय २६, डडेल्धुराका तीन सय १६ र दार्चुलाका ४५ जना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा शुक्रवारसम्म कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ७८ पुगेको छ। संक्रमण पुष्टि भएका १४ जना संक्रमितको मृत्यु भईसकेको छ ।
बाजुराका चार सय ४२ जना, बझाङका तीन सय ६६, बैतडीका तीन सय २६, डडेल्धुराका तीन सय १६ र दार्चुलाका ४५ जना संक्रमित पनि डिस्चार्ज भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा शुक्रवारसम्म कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ७८ पुगेको छ। संक्रमण पुष्टि भएका १४ जना संक्रमितको मृत्यु भईसकेको छ।





प्रतिकृया दिनुहोस्