नाओमी ओसाका बनिन् यूएस ओपन च्याम्पियन
- Eraibar
- २८ भाद्र २०७७, आईतवार १२:१७
- 61 Shares

काठमाण्डौ, भदौ २८ (ई-रैवार)
नाओमी ओसाकाले दुई वर्षपछि फेरि यूएस ओपन च्याम्पियन बनेकी छन् । आज बिहान अमेरिकाको न्यूयोर्कमा भएको खेलमा जापानी खेलाडी ओसाकाले पहिलो सेट गुमाए पनि लगातार दुई सेटमा जित निकाल्दै च्याम्पियन बनेकी हुन् ।
फाइनलमा भिक्टोरिया अजारेन्कालाई पराजित गरेर ओसाकाले युएस ओपनको महिला एकल तर्फको उपाधि जितेकी हुन् । सन् २०१८ मा पनि उपाधि जितेकी चौथो वरीयताकी २२ वर्षीय ओसाकाले बेलारुसकी अजारेन्कालाई १-६, ६-३ र ६-३ को सेटमा पराजित गरेकी हुन् ।
सन् २०१३ पछि पहिलोपटक प्रमुख प्रतियोगिताको फाइनलमा पुगेकी अजारेन्काले पहिलो सेटमा जित निकालेपछि त्यसपछि पछि परिन् । ओशाकाले सन् २०१९ मा अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी थिइन् ।
- मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक (सूचीसहित)
- डिजिटल भुक्तानी सुरक्षाका लागि राष्ट्र बैंकले ल्यायो नयाँ व्यवस्था
- मन्त्रिपरिषद्ले पनि कुलमानलाई सोध्यो स्पष्टीकरण : पदबाट किन नहटाउने ? यस्ता छन् चार आरोप
- राष्ट्रिय सभाबाट पाँच अध्यादेश स्वीकृत, कानुन बन्न चैत १८ भित्र प्रतिस्थापन विधेयकका रूपमा पारित हुनुपर्ने
- सुदूरपश्चिम स्पोर्टस अवार्ड चैत ७ गते हुने, प्रदेश खेलकुद परिषद मुख्य प्रबद्र्धक
-
डिजिटल भुक्तानी सुरक्षाका लागि राष्ट्र बैंकले ल्यायो नयाँ व्यवस्था
२३ फाल्गुन २०८१, शुक्रबार १४:२१ -
भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा, अस्ट्रेलिया ४ विकेटले पराजित
२१ फाल्गुन २०८१, बुधबार ००:५० -
मन्त्रिपरिषद्ले पनि कुलमानलाई सोध्यो स्पष्टीकरण : पदबाट किन नहटाउने ? यस्ता छन् चार आरोप
२२ फाल्गुन २०८१, बिहीबार २०:१२ -
कानुनी अन्योलताका कारण वन संरक्षणमा चुनौती थपियो : प्रवक्ता श्रेष्ठ
२० फाल्गुन २०८१, मंगलवार १८:१४ -
सुदूरपश्चिम स्पोर्टस अवार्ड चैत ७ गते हुने, प्रदेश खेलकुद परिषद मुख्य प्रबद्र्धक
२२ फाल्गुन २०८१, बिहीबार १९:२७
प्रतिकृया दिनुहोस्