विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक जारी
काठमाडौं : विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक जारी छ। बुधबार मध्यरातमा विशेष महाधिवेशनमार्फत गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक ललितपुरको कुपन्डोलस्थित म्याक्सिम्स ब्यांक्वेट एण्ड इभेन्टमा केहीबेरअघि सुरू भएको हो। विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति बनाएपछि कांग्रेस विभाजित भएको छ।...






