April 18, 2026, Saturday
२०८३ बैशाख ५

कांग्रेसले आफ्नो वेबसाइटबाट हटायो गगन, विश्वप्रकाश र फरमुल्लाको नाम

काठमाडौँ : नेपाली कांग्रेसले पार्टीको आधिकारिक वेबसाइटबाट गगनकुमार थापा, विश्वप्रकाश शर्मा र फरमुल्ला मन्सुरको नाम हटाएको छ।

कांग्रेसले विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका थापासहित तीन जनाको तस्बिर र नाम पार्टीको आधिकारिक वेबसाइटबाट हटाएको हो। महामन्त्री गगनसँगै अर्का महामन्त्री शर्मा र सहमहामन्त्री मन्सुरको नाम अहिले वेबसाइट छैन।

भृकुटीमपण्डामा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट शर्मा उपसभापति र मन्सुर सहमहामन्त्रीमा सर्वसम्मत चयन भएका थिए। सो पश्चात् पार्टीले कारबाही समेत गरेको थियो।

विशेष महाधिवेशन पक्षका अन्य नेता-कार्यकर्तालाई भने कांग्रेसले पार्टीमा फर्किन आह्वान गरिएको छ। ‘अन्य पदाधिकारीलाई पार्टीको जिम्मेवारी सम्झेर पार्टीमा फर्किन आह्वान गर्ने निर्णय भएको छ,’ मीनबहादुर विश्वकर्माले भने। उनले कारबाही फुकुवाका लागि कारण खुलाई स्पष्टीकरण दिए त्यसको सुनुवाई हुनसक्ने बताए।