निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही प्रक्रिया अघि बढ्यो
काठमाडौँ : निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुमगन समितिमा प्राप्त उजुरीका आधारमा आचारसंहिता उल्लंघन गर्ने उम्मेदवार, विभिन्न संस्था तथा व्यक्तिलाई कारबाही अघि बढाइएको आयोगले जानकारी दिएको छ । समितिमा हालसम्म २१ उजुरी प्राप्त भएकोबारे राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको...


