January 29, 2026, Thursday
२०८२ माघ १५

राष्ट्रपति पौडेल आइतबार जापान भ्रमणमा जाँदै

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल आगामी माघ १८ (आइतबार) गते जापान भ्रमणमा जाने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेल सहभागी रहने प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका हुन । 

नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडले त्यसतर्फ जान लागेका हुन् ।

नेपाल र जापानबिच सन् १९५६ सेप्टेम्बर १ (वि.सं.२०१३ भदौ १७) मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।