September 2, 2026, Wednesday
२०८३ भाद्र १७

सुनको मुल्य १३ हजार ४०० रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौँ : आज पनि सुनको मूल्यमा भारी गिरावट देखिएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तीन लाख रुपैयाँमा कारोबार भएको सुन आज दुई लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। यसरी सुनको १३ हजार ४०० रुपैयाँ घटेको हो।

त्यस्तै चाँदीको मूल्य भने हिजोकै मूल्यमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। चाँदीको मूल्य तोलामा ३०० रुपैयाँले घटेर पाँच हजार २०० रुपैयाँमा किनबेच हुँदैछ ।

हिजो पाँच हजार ५०० रुपैयाँ थियो ।