भारतीय तस्करको ढुङ्गामुढाबाट सशस्त्र प्रहरी घाइते
महेन्द्रनगर, असोज ५ (ई-रैवार) कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-७ कञ्जभोजमा भारतीय तस्करहरूले गए राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको छ। ढुङ्गामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन्। घाइते जवानको अवस्था सामान्य रहेको छ। उनको हात र पाखुरामा...






