April 20, 2026, Monday
२०८३ बैशाख ७

कंचनपुर

पुनर्वास नगरपालिकामा खेतमै सुक्यो धान, किसान चिन्तित

पुनर्वास नगरपालिकामा खेतमै सुक्यो धान, किसान चिन्तित

बेदकोट । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ उद्रीका देव बोगटीले १० कट्ठा जमिनमा धानखेती गरेका थिए । अहिले खेती पूरै सखाप भएको छ । धानका बोट सुकेका छन् । केही बोट रातो-पहेँलो भएका छन् । साउनमा दोदा नदीको बाढी खेतमा पसेपछि धानबाली सुक्दै गएको बोगटी बताउँछन् । ‘बाढीपछि एकाएक धान सुक्न थाल्यो, विषादी छर्कियौँ तर सुधार भएन’,…

कर्मचारी धमाधम भ्रष्टाचार मुद्दामा परेपछि भीमदत्त नगरपालिकाको घट्यो जनशक्ति

कर्मचारी धमाधम भ्रष्टाचार मुद्दामा परेपछि भीमदत्त नगरपालिकाको घट्यो जनशक्ति

कञ्चनपुर । कञ्चनपुरमा भीमदत्त जिल्लाकै पुरानो र ठूलो नगरपालिका हो । सदरमुकाम महेन्द्रनगरस्थित नगरपालिका कार्यालयको  प्रशासनिक भवन कर्मचारी अभावमा सुनसान हुन थालेको छ । दरबन्दीका कतिपय कर्मचारी भ्रष्टाचारमा मुछिएर मुद्दा लागेपछि  राजस्व तथा आर्थिक फाँटदेखि प्रशासनिक लगायतका कार्यकक्ष खाली हुन थालेका हुन् । हिजोआज यहाँका जुन फाँटमा पसे पनि फाट्टफुट्ट मात्रै कर्मचारी देखिन्छन् । नगर कार्य समितिको अघिल्लो कार्यकालमा…

  • महाकालीले सतर्कता तह नाघ्यो, सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

    महाकालीले सतर्कता तह नाघ्यो, सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

    कंचनपुर । महाकाली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ। बाढी पूर्वानुमान् महाशाखाका अनुसार डडेलधुरास्थित पारीगाउँ स्टेशनमा जलसतह ५.८९ मिटर पुगेको हो। महाशाखाका अनुसार महाकालीको सतर्कता तह ५.८० मिटर हो। खतराको तह ७ मिटर तोकिएको छ। अहिले पानीको बहाव स्थिर...

  • तालाबन्दीले सुदूरपश्चिम विश्वविद्यालयको कामकाज प्रभावित

    तालाबन्दीले सुदूरपश्चिम विश्वविद्यालयको कामकाज प्रभावित

    दोधारा चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय ३८ दिनदेखि बन्द छ । परीक्षा नियन्त्रण र सहनियन्त्रकको कार्यालयमा २२ दिनदेखि तालाबन्दी छ । केन्द्रीय कार्यालयमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले पदाधिकारी र प्राध्यापक नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्नुपर्ने माग राख्दै...

  • सेप्टिक ट्यांकीमा परेर शुक्लाफाँटामा जंगली हात्तीको मृत्यु

    सेप्टिक ट्यांकीमा परेर शुक्लाफाँटामा जंगली हात्तीको मृत्यु

    कञ्चनपुर । सेप्टिक ट्यांकीमा परेर शुक्लाफाँटामा जंगली हात्तीको मृत्यु भएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गए राति सेप्टिक ट्यांकीमा परेर जंगली हात्तीको मृत्यु भएको हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले दिएको जानकारी अनुसार शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण...

  • महाकालीमा पानी बहाव बढेपछि चारपांग्रे सवारीसाधन आउजाउमा रोक

    महाकालीमा पानी बहाव बढेपछि चारपांग्रे सवारीसाधन आउजाउमा रोक

    कञ्चनपुर । महाकाली पुलमा चारपांग्रे सवारीसाधन चलाउनमा रोक लगाइएको छ । महाकाली नदीमा बाढी आएपछि शारदा ब्यारेजको पुलमा चारपांग्रे सवारीसाधनको आवागमन बन्द गरिएको हो । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार आइतबार रातिदेखि महाकालीमा पानीको बहाव बढेको हो । सोमबार बिहान...

  • महाकाली नदीले पार गर्‍यो सतर्कता तह, सतर्कता अपनाउन आग्रह

    महाकाली नदीले पार गर्‍यो सतर्कता तह, सतर्कता अपनाउन आग्रह

    डडेलधुरा । महाकाली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ। डडेलधुराको पारिगाउँ स्टेशनको मापन अनुसार महाकाली नदीले बिहान सतर्कता तह पार गरेको हो । सुदूरपश्चिम प्रदेशमा रहेका महाकाली, सेती लगायतका नदी जलसहत बढ्ने क्रममा रहेको बाढी पूर्वानुमान् महाशाखाले जानकारी दिएको...

  • कञ्चनपुरका युवक कुवेर दमाईको हत्या आरोपमा दुई जना पक्राउ

    कञ्चनपुरका युवक कुवेर दमाईको हत्या आरोपमा दुई जना पक्राउ

    धनगढी । कञ्चनपुरमा एक युवकको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कञ्चनपुरका युवक कुवेर दमाईको हत्या आरोपमा प्रहरीले उनकै भतिज र भाञ्जालाई पक्राउ गरेको हो । बिहीबार कृष्णपुर नगरपालिका –२ को बाणीस्थित बन्द नदीको बगरमा ३५ वर्षीय...

  • श्रीमतीको हत्या आरोपमा कञ्चनपुरमा एक जना पक्राउ

    श्रीमतीको हत्या आरोपमा कञ्चनपुरमा एक जना पक्राउ

    धनगढी । श्रीमतीको हत्या आरोपमा कञ्चनपुरमा एक जना पक्राउ गरेका छन् । प्रहरीका अनुसार दोधारा चाँदनी नगरपालिकामा प्रेमबहादुुर बुढा क्षेत्रीलेले चक्कु प्रहार गरेर श्रीमतीको हत्या गरेका हुन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-७ को कञ्जभोजकी...