सुदूरपश्चिम प्रदेश सरकारले गर्यो भूकम्पमा परी घाइतेको निशुल्क उपचार, क्षतिपूर्ति र राहत दिने निर्णय
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पमा परी घाइते भएकाहरुको औषधोपचार, क्षतिपूर्ति र राहतको व्यवस्था गर्ने भएको छ । हिजो दिउँसो बझाङको तल्कोट केन्द्र बनाएर गएको भुकम्पबाट प्रभावित भएकाहरुलाई प्रदेश सरकारले औषधोपचार, क्षतिपूर्ति र राहतको व्यवस्था गर्ने निर्णय गरेको हो ।...






