केएमसीमा ३४ वर्षपछि जित्यो नेविसंघ, अखिल क्रान्तिकारी दोस्रो, अघिल्लो पटक जितेका अनेरास्ववियु उम्मेदवार तेस्रो
धनगढी । सुदूरपश्चिम विश्वविद्यालय मातहतको सबैभन्दा ठुलो क्याम्पस कैलाली बहुमुखी क्याम्पस(केएमसी)मा कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)ले बाजी मारेको छ। शुक्रबार सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचनको मतगणनाको अन्तिम मतपरिणामअनुसार नेविसंघले अध्यक्ष र सचिवसहित बहुमत पदमा जित निकालेको छ। कोषाध्यक्षमा भने अखिल...






