कैलालीको घोडाघोडीमा मिनिट्रकमा मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु

धनगढी । कैलालीको घोडाघोडीमा मिनिट्रकमा मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका–२ साडेपानी टनकपुर नजिक मिनिट्रकमा मोटरसाईकल ठोक्किदा अमर बम मृत्यु भएको हो।
पुर्वबाट पश्चिम तर्फ जादै गरेको गौरीगंगा नगरपालिका–८ बस्ने ४५ वर्षीय अमर बमले चलाएको से ५ प ६९४४ नम्बरको मोटरसाईकल तेल सकिएर सडक छेउमा रोकी राखेको से १ ख १२६८ नम्बरको मिनिट्रकमा बुधवार साँझ ८ः४० बजे ठोक्किदा मोटरसाईकल चालक बम घाईते भएका थिए।
घाईते बमलाई घोडाघोडी अस्पताल लगिएको भएपनि उपचारको क्रममा उनको राति ९ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
मिनिट्रक, मिनिट्रकका चालक चुरे गाउँपालिका–५ बस्ने ३५ वर्षीय दिल्लीराज पुनमगर र मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।





प्रतिकृया दिनुहोस्