स्ववियु चुनाव : कैलाली बहुमुखी क्याम्पसमा दुई हजार ५६ मत खस्यो, आजै मतगणना हुने

धनगढी । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव अन्तरगत कैलाली बहुमुखी क्याम्पसमा दुई हजार ५६ मत खसेको छ । कुल तीन हजार पाँच सय ९० जना मतदाता रहेका कैलाली बहुमुखी क्याम्पसमा दुई हजार ५६ मत खसेको हो ।
कैलाली बहुमुखी क्याम्पस स्ववियु निर्वाचन समितिका अनुसार कुल तीन हजार पाँच सय ९० जना मतदाता रहेकोमा बुधबार भएको चुनावमा दुई हजार ५६ जनाले मतदान गरेका हुन् ।
कैलाली बहुमुखी क्याम्पसमा नेपाली कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु, नेविसंघबाट विद्रोह गरेको एकता विद्यार्थी समूह, अखिल क्रान्तिकारी, अनेरास्ववियु र समाजवादी विद्यार्थी संगठनले स्ववियुमा प्यानलसहित उम्मेदवार अघि सारेका छन् ।
नेविसंघका सन्तोश पन्त र अनेरास्ववियुका यमराज जोशीबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।
मतदान सकिएसँगै सर्वपक्षीय बैठक बस्ने तयारी भइरहेको छ । मतदान प्रक्रिया विहान ०८ : ४० मिनेटमा सुरु भएको थियो । सबै संगठनहरुको सहमतिमा मतदान बेलुका ४ बजे समापन भएको हो ।
सर्वपक्षीय बैठकले मतगणना कति बजेदेखि गर्ने र आचारसंहिता समेत बनाउने कार्य भइरहको स्ववियु निर्वाचन समितिे जनाएको छ । मतगणना गर्न अहिले केहिबेरमा सर्वदलिय बैठक बस्दै छ । आज रातिबाट नै मतगणना सुरु हुने मतदान अधिकृत सहप्राध्यापक तर्कराज भट्टले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्