सुदूरपश्चिममा‘माघेत्यार’ मनाईदै
डोटी माघ १(ई-रैवार) यतिबेला हिन्दुधर्मालम्बीहरुले मकरसक्रान्ती(माघेसक्रान्ती) पर्व धुमधामका साथ मनाईरहेका छन् । सबैजसो हिन्दुधर्मालम्बीहरुले माघेसक्रान्ती मनाईरहदा सुदूरपश्चिममा भने यो पर्वसंगै ‘माघेत्यार’को पनि रौनक छ । सुदूरपश्चिममा यो पर्व आफ्नै मौलिकताका साथ मनाईन्छ । बिशेषगरी पहाडी समुदायले यो पर्वलाई ‘माघेत्यार’का नामले...






