राष्ट्रिय सभा निर्वाचनः सुदूरपश्चिममा चारजनाको उम्मेदवारी

डोटी पुस २०(ई-रैवार)
राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा चारजनाको उम्मेदवारी परेको छ । डोटी जिल्ला अदालतमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आईतबार चार जनाले उम्मेदवारी दिएका छन ।
सुदूरपश्चिम प्रदेशमा एक खुल्ला र एकजना महिलाका लागि निर्वाचन हुदैछ । जसमा सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टीका तर्फबाट खुल्लातर्फ तारामान स्वाँर र महिलातर्फ शारदा भट्टको उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसका तर्फबाट महिलातर्फ तुलसी देवकोटा र खुल्लामा प्रताप ठगुन्नाले उम्मेदवारी दिएका छन् ।
दुबै पार्टीले दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दिएका हुन् । उम्मेदवारीपछि उम्मेदवारहरुले पत्रकारहरुसंग प्रतिक्रिया दिदै मतदातालाई आफुलाई मतदान गर्न आह्वान गरे ।
सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तहका एक सय ७६ गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष र नगरपालिकाका मेयर÷उपमेयरको १८ का दरले गरी तीन हजार एक सय ६८ र प्रदेश सभाका ५३ जना सांसदको ४८ का दरले गरी दुई हजार पाँच सय ४४ गरी कुल पाँच हजार ७ सय १२ मतभार रहेको छ ।
२०७४ माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिमबाट खुल्लातर्फ निर्वाचित सांसद नेपाली कांग्रेसका बद्री पाण्डे र महिलातर्फबाट निर्वाचित भएकी नेकपाकी सांसद कमला ओलीको पदावधि दुईवर्ष कायम भएको थियो । उनीहरुको रिक्त हुन लागेको ठाउँमा निर्वाचन हुनलागेको हो ।





प्रतिकृया दिनुहोस्