अरिङ्गालको टोकाइबाट बझाङमा बालकको मृत्यु
बझाङ, असोज २२ (ई-रैवार) बुङगल नगरपालिकामा अरिङ्गालले टोक्दा एक बालकको ज्यान गएको छ। अरिङ्गालले टोक्दा बझाङको बुङगल नगरपालिका–४ डिलका पदम ओखेडाका १० वर्षीय छोरा प्रभाकर ओखेडाको ज्यान गएको हो । बुधबार साँझ घर नजिकैको खेतमा खेल्ने क्रममा अरिङ्गालले टोकेको थियो।...






